आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउने सङक्रान्ति,देशभर स्नान, दान गरेर मनाइँदैछ । सूर्यले मिथुन राशीको भोग पूरा गरी कर्कट राशीमा प्रवेश गर्ने पहिलो दिन भएको हुनाले आज देशभर साउने सङ्क्रान्तिलाई विशेष रुपमा मनाउने गरिन्छ । माघ १गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।

आजको दिनमा हिलो मैलोका कारण लाग्ने छालासम्बन्धी रोग ठीक गर्न भन्दै लुतो फाल्ने परम्परा पनि छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमासमेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने परम्परा छ । यसलाई लुतो फाल्ने भनिन्छ ।

साउने सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा 

साउने सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानन मन्त्रालयका अनुसार आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा लागु हुनेछ । कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले पनि प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार