खोप अभियान सुरु भएको दुईदिनमा रामेछापका १२९ जनाले खोप लगाए

कोरोना विरुद्धको खोप अभियान सुरु भएको दुईदिनमा रामेछापका १२९ जनाले कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएका छन् । मन्थली नगरपालिका र रामेछाप नगरपालिकाकामा कार्यरत स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयमसेविका सफाइकर्मी,सुरक्षकर्मी र एम्बुलेन्स चालक गरी १२९ जनालाई पहिलो चरणको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान सुरु […]

रामेछाप नगरपालिकामा ६ महिनाको अवधिमा दुई वटा आयोजनाको मात्रै काम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा पूर्वाधारतर्फका जम्मा दुई वटा मात्रै योजनाको काम सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा जम्मा एक सय ९६ वटा पूर्वधारतर्फका आयोजना सञ्चालन गर्ने लक्ष्य राखेको नगरपालिकाले ६ महिनाको अवधिमा दुई वटा आयोजनाको मात्रै काम सम्पन्न गरेको हो । गत आर्थिक वर्ष २०७६÷०७७ बाट दायित्व सरेर […]

रामेछापको सुकाजोरमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला आयुर्वेद रामेछापले संचालन गर्ने गरी रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा सेवा केन्द्रको स्थापना भएको हो । आयुर्वेदिक पद्धतिबाट उपचार सहितको योगाभ्यास समेतका सेवा दिने गरी स्थापना भएको सेवा केन्द्रको रामेछाप नगरपालिकाका नगर प्रमुख नर […]

रामेछापमा पनि कोरोना विरुद्धको खोप अभियान सुरु, १४ सय ७७ जनाले खोप लगाउँदै

सरकारले कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरेको छ । सोहि अभियान अन्तर्गत आजेदेखि रामेछाप जिल्लामा पनि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । जिल्ला अस्पताल रामेछापमा अस्पतालका डाक्टर रोशन ग्वाछा र स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले खोप लगाउँदै जिल्लामा खोप अभियानको सुरुवात गर्नुभयो । खोपका बारेमा धेरै आशंका देखिएकाले खोप सुरक्षित रहेको सन्देश दिन […]

वेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

रामेछापको सुनापति गाउँपालिका वेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आयुवेर्दिक उपचार प्रणालीसँग जोडिएको त्यस आरोग्य केन्द्रमा वेथानका स्थानीय वासीहरुले निःशुल्क औषधी र थेरापी सेवा पाउने छन् भने केही समयपछि योग सेवा समेत सञ्चालनमा ल्याइने बताइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले आफ्नो सेवा विस्तारको क्रममा सुनापति गाउँपालिकामा पनि सेवा प्रवाह गरेको […]

रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने

रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने भएको छ । भोलीबाट जिल्ला अस्पताल रामेछापबाट कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय रामेछापले भोलीबाट लगाइने खोपको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा हालसम्म १४ सय ७७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाउनेका लागि अनलाइनबाट नाम दर्ता गराएको […]

कक्षा १२ को नतिजा प्रकाशन हुन अझै एक हप्ता लाग्ने

कक्षा १२ को नतिजा प्रकाशन हुन अझै एक हप्ता लाग्ने भएको छ । उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण सकिएर केन्द्रमा प्राप्त अंकको रुजु गर्ने काम भइरहेकोले यसैहप्ता नतिजा प्रकाशन गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले बताउनुभयो । उहाँले विद्यालयबाट प्राप्त विवरणहरु व्यवस्थित नभएका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको बताउनुभयो । कोरोनाका कारण रोकिएको कक्षा १२ […]

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो

सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ । करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन […]

वाग्मती प्रदेशमा अधिकृत स्तरका १७४ जना कर्मचारी माग

वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगको हेटौँडा कार्यालयले छैठौं अधिकृत स्तरका एक सय ४९ जना खुलातर्फ र २५ जना बढुवातर्फका कर्मचारी माग गरेको छ । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलो पटक अधिकृत स्तरका कर्मचारी माग गरेको छ । यसअघि चौंथो र पाँचौं तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैठौं अधिकृत स्तरका कर्मचारी माग गरेको […]

रामेछाप नगरपालिकामा नगर स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबार दखि जारी नगर स्तरीय व्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष व्याडमिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाएको थियो । प्रतियोगितामा सिनियर एकल तर्फ बलराम लामा प्रथम,भेष बहादुर श्रेष्ठ द्धितिय,सुदिप श्रेष्ठ तृतिय र सुन्दर घिमिरे सान्त्वना भएका छन । यसैगरी सिनियर […]