रामेछापको सीडीओमा दिपक पहाडी आउँदै

रामेछापको सीडीओमा दिपक पहाडी आउँदै

रामेछापको प्रमुख जिल्ला अधिकारीमा दिपक कुमार पहाडी आउनुहुनुभएकोृ छ् । मंगलबार रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु सत्य निरुपण तथा मेलमिलाप आयोगमा तानिएपछि रामेछापको सीडीओमा पहाडीलाई पठाईएको हो ।

गृह मन्त्रालयले पहाडीलाई काज सरुवा गर्दै रामेछाप पठाएको हो । पहाडी मंगलबार मात्रै भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतबाट गृह अन्तर्गत सरुवा भएका थिए ।

बुधबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै १२ जिल्लाका सीडीओ हेरफेर गर्दा रामेछापमा पहाडी पठाईएका हुन् ।

सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित १६ अधिकृतको काजसरुवा गरेको छ । गृह मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले १६ जनाको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार