आज विश्वकर्मा पुजा गरिदैँ, राष्ट्रिय विज्ञान दिवस पनि मनाइँदै

आज विश्वकर्मा पुजा गरिदैँ, राष्ट्रिय विज्ञान दिवस पनि मनाइँदै

आज विश्वकर्माको पूजा आराधना गरिँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्विरमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । आजका दिन फलामको विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास रहेको छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकैरातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवंम् धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमले बताउनुभयो ।

आज वास्तु शास्त्र पुस्तकका लेखक एवंम् अध्येताको सम्झनामा वास्तु दिवससमेत मनाउने गरिन्छ । यसैबीच आज विज्ञान दिवस पनि मनाइँदैछ । “विज्ञान र प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास” भन्ने नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार