आज धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने

आज धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने

अहिले देशभर सामान्यदेखि पूर्ण बदली सहित गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकि प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भने लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षा हुनेछ ।

वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सहत बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज राती देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । साथै शनिबार र आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार