कक्षा १२ को परिक्षा आज देखि सुरू

कक्षा १२ को परिक्षा आज देखि सुरू

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आज देखि सुरू गर्न लागेको छ ।कोरोना भाइरस महामारीका कारण यसअगाडि पटकपटक स्थगित भएको परिक्षा आजबाट सुरु हुन लागेको हो ।अधिकांश विद्यार्थीहरूले कोरोना विरूद्ध खोप लगाएपछि परीक्षा हुन लागेको हो ।

प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो ।परीक्षा असोज ८ गते सकिनेछ।यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुदैछन् । विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन्। परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार