रामेछापमा बोलेरो जीप दुर्घटना ३ जनाको मृत्यु

रामेछापमा बोलेरो जीप दुर्घटना ३ जनाको मृत्यु

रामेछापमा आज बोलेरो जीप दुर्घटना भएको छ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो जीप रामेछापमा दुर्घटना भएको हो । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

बोलेरो जीप मन्थली नगरपालिका ६ कुनौरी नजिकैको भीरबाट खसेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठका अनुसार प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल तामाकोशी नदीको किनारमा खसेको हो ।

जिप दुर्घटनामा परि ओलखढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नं–६ का एकै घर परिवारका लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

सोही गाडीमा सवार १० वर्षिय बालक धावा शेर्पा भने गम्भिर घाइते भएका छन् । उनको हाल मन्थली स्थित तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । जिप सडकवाट करिव ६ सय मिटर तल भिरमा खसेर क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार