मलको अभाव,धानको उत्पादन घट्ने भन्दै किसान चिन्तीत

मलको अभाव,धानको उत्पादन घट्ने भन्दै किसान चिन्तीत

अहिले धान गोडमेल पछि मल हाल्ने समय भएपनि किसानले मल पाउन सकेका छैनन् । सरकारले भने माग अनुसारको पूर्तीका लागि आवश्यक बजेट अभाव भएको बताउने गरेको छ । माग अनुसारको परिपुर्तिका लागि मल आपुर्ती नहुदा किसानले सधैँ मलको अभाब झेल्ने गरेका छन् ।

हाल ५० प्रतिशत किसानलाई पुग्ने खाद्य मल मात्रै आयात भएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले बताउनुभयो । कृषि तथा पशुपन्छि बिकास मन्त्रालयका अनुसार नेपालमा बर्षेनी कम्तीमा ७ लाख मेट्रीक टन मल आवश्यक पर्दछ ।

तर सरकारले चालु आर्थीक वर्षका लागि ३ लाख मेट्रिक टन मल आपुर्ती गर्न सकिने गरि १२ अर्ब रुपैँया मात्रै बजेट विनियोजन गरेको छ । मन्त्रालयले असोज ५ गते भित्रै बंगलादेशवाट ३० हजार मेट्रिक टन र चीनवाट १० हजार मेट्रिक टन मल आईपुग्ने जनाएको छ ।

तर, मल आयातमा ढिलाइ हुँदा पसाउन लागेको धानमा समयमा नै मल हाल्न नपाएपछि उत्पादन घट्ने किसानको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार