रामेछाप कुनौरीमा मिनी ट्रिपर दुर्घटना,चालक गम्भिर घाईते

रामेछापको मन्थली नगरपालिकाको कुनौरीमा मिनी ट्रिपर दुर्घटना भएको छ । आज दिउँसो हात्तीटारबाट मन्थलीतर्फ बालुवा लिएर आउदै गरेको बा ३ ख ५३६७ नम्बरको मिनी ट्रिपर दुर्घटना भएको हो । दुर्घटनमा परी चालक ३१ वर्षिय टेक बहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठका अनुसार घाइते चाकलको टाउको र दाहिने […]

रामेछाप बजारमा कुखुरा छाडा छोड्दा दुर्घटनाको जोखिम बढ्यो

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप माथिल्लो बजारमा स्थानियले कुखुरा छाडा छोडेर पाल्दा दुर्घटनाको जोखिम बढेको छ । बसपार्क समेत रहेको माथिल्लो बजारमा अव्यवस्थित रुपमा बजारमै घर भएका शिक्षित व्यक्तिले नै छाडा छोडेर कुखुरा पाल्दै आएका छन । जसका कारण सोहि बाटो भएर आवात जावत गर्ने सवारी साधनहरुलाई कुखुरा […]

सुनापती गाउँपालिका सांस्कृतिक कलाकार समाज गठन

रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा रामेछाप सांस्कृतिक कलाकार समाज गठन गरिएको छ । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समिती गठन गरिएको हो । गठन गरिएको समितीमा अध्यक्ष सुमन खड्का,उपाअध्क्षमा दिपक खड्का,महिला उपाअध्यक्षमा रमिला श्रेष्ठ,सचिवमा प्रेम खड्का,सहसचिवमा वशन्त कार्की,कोषाअध्यक्षमा सन्देश श्रेष्ठ,सहकोषाअध्यक्षमा सिजा चौलागाई,संयोजकमा भिमसेन गौतम,सल्लाहकारमा राज मैनाली,किरण राज घिसिङ्ग र पवन विक्रम परियार […]

गाई भैँसी सुत्केरी भक्ता पाएपछि रामपु्रका किसान दंग

रामेछाप नगरपालिका वडा नं ५ रामपुरका ६२ जना किसानहरुलाई गाई भैँसी सुत्केरी भक्ता वितरण गरिएको छ । गाई भैँसी सुत्केरी भक्ता पाएपछि किसानहरु पनि दंग भएका छन । रामपुरका नरमायाँ मगरले गाई सुत्केरी हुँदा पनि पैसा पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले सो रकमले सुत्केरी गाईलाई दाना र भिटामिन किनेर खुवाउने बताउनुभयो । दुधमा […]

रामपुरका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग

रामेछाप नगरपालिका वडा नंं ५ रामपुरका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई रामेछाप नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा मार्फत रामपु्रका २१ जना असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोशाक,झोला,कपिकलम लगायतका सामाग्रीहरु सहयोग गरिएको हो । उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमखु सृजना खड्काले नगरका पढ्न लेख्नबाट बन्चित कोहि बालबालिका भए नगरमा […]

रामेछाप ओख्रेनीमा ३५ दिने सिलाईकटाई तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रनीमा ३५ दिने सिलाईकटाई तालिम सम्पन्न भएको छ । त्यहाँका १५ जना महिलाहरुलाई वडा कार्यालयले सिलाई कटाई सम्बन्धि तालिम दिइएको हो । तालिममा सहभागीहरुले महिला तथा पुरुषको विभिन्न डिजाईनका कपडाहरु सिलाउन सिकेको बताएका छन । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले नगरपालिकाका […]

गौरीशङकर माविले मनायो ५७ औँ वार्षिकोत्सव

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी आज ५७ औँ वार्षिकोत्सव मनाएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापना समितीका अध्यक्ष पुर्ण बहादुर मगरको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमखु सृजना खड्काले आफु अध्यन गरेको विद्यालयको प्रमुख अतिथी भएर बोल्न पाउँदा खुशी लागेको […]

हिंसा रहित सभ्य समाजको निर्माण गर्न लागि परेका छौँ : उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले महिला र पुरुषविचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न नगरपालिका लागि परेको बताउनुभयो । रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा आज लैङ्गीक हिंसा तथा मानव वेचविखन विरुद्धको सडक नाटक कार्यक्रमको प्रम्ुख अतिथि समेत रहनुभएका उपप्रमुख खड्काले महिलाहरु स्वभावैले सहनशील र घरयासी क्रियाकलापमा बढी केन्द्रीत हुने गरेका कारण […]

रामेछाप साँघुटारको एक विद्यालयमा तीनजना विद्यार्थीहरुलाई तीनजना शिक्षक

रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा रहेको ककनी आधारभूत विद्यालयलयमा बिगत लामो समयदेखी तीनजना विद्यार्थीहरुलाई तीनजना शिक्षकहरुले एकै कक्षा कोठामा राखेर पढाउँदै आएका छन् । २०५१ सालमा स्थापना भएको उक्त विद्यालयमा शुरुका वर्षहरुमा कक्षा ८ सम्म पढाई हुने गर्दथ्यो । पछिल्लो समय गाउँमा रहेका युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम वढ्दो र गाउँका अभिभावकहरु आफ्ना साना […]

गाउँका डाक्टर सुमन सम्मानित

विगत तीन दशक भन्दा लामो समय देखि निरन्तर ग्रामिण स्वास्थ्य सेवामा समर्पित डा. सुमन कर्माचार्य सम्मनित भएका छन् । रामेछाप जिल्लामा लामो समय देखि चिकित्सा क्षेत्रमा रहेर तिकित्सकको भूमिका निर्वाह गरी जनसेवकको रुपमा काम गर्दै स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेशनल ओपन कलेज सानेपाले दुई दशकमा प्रदान गर्ने दशक […]