२४ सयभन्दा बढीले सामाजिक सुरक्षाभत्ता र निवृत्तिभरण सुविधा दुवै लिने गरेको खुलासा

२४ सयभन्दा बढीले सामाजिक सुरक्षाभत्ता र निवृत्तिभरण सुविधा दुवै लिने गरेको खुलासा

सामाजिक सुरक्षाभत्ता र निवृत्ति भरण दुवै सुविधा लिनेको संख्या बढेको भन्दै सरकारले कडाइ गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गरेको परिपत्रमा सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था कडाइका साथ पालना गराउन भनिएको छ ।

विभागका अनुसार निवृत्तिभरण प्रणालीको विवरणसँग मिलाउँदा सामाजिक सुरक्षाभत्ता र निवृत्तिभरण दुवै सुविधा लिने २४ सय ६६ जनालाभग्राहीको लगत कट्टा गरिएको छ । विभागका सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सूचना प्रणालिका संयोजक निर्मल शर्माले दोहोरो सुविधा लिने प्रवृत्ति हटाउन प्राविधिक व्यवस्थापनको काममा कडाइ गरिएको  बताउनुभयो । सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या हालसम्म साढे ८४ हजार भन्दा धेरै गरेको पनि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार