साफ फुटबलको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

साफ फुटबलको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपालले भारतको सामना गर्दैछ । साफ इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाल र भारतबीचको खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

यसअघि लिग चरणमा भारतले नेपाललाई १–० ले हराएको थियो । पाँच राष्ट्र सहभागी साफमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले भने आजको फाइनल खेल खेल्न नपाउने हुनुभएको छ ।

जारी प्रतियोगितामा दुई पटक पहेँलो कार्ड पाएकाले उहाँले फाइनल खेल खेल्न नपाउने हुनुभएको हो । प्रतियोगितामा अञ्जनले नेपालका लागि दुई गोल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार