कोरोनाका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि

कोरोनाका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि

कोरोना महामारीका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि आएको पाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २ सय ७७ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएकोमा ७७÷७८ मा यो सङ्ख्या २ सय ३ मा झरेको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा ५८ वटा ठूला उद्योग दर्ता भएकोमा ७७÷७८ मा यो सङ्ख्या ४२ झरेको र यसबाट पनि कोरोनाले उद्योग क्षेत्रमा नकारात्मक असर गरेको भन्न सकिने उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले  बताउनुभयो ।

आर्थिक वर्ष ७६÷७७ मा मझौला उद्योग १ सय २३ वटा दर्ता भएका थिए भने ७७÷७८ मा भने ४९ वटा मात्रै दर्ता भएका छन् । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा ७७÷८८ मा भने साना उद्योगको दर्ता सङ्ख्या १६ ले बढी अर्थात १ सय १२ वटा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार