टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइँदै

टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइँदै

दसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् ।

यो क्रम पूर्णिमाको दिनसम्म नै चलिरहन्छ । हिजो आफ्नै घरमा टीका लगाएकाहरूआजदेखि टाढाका आफन्तकोमा टीका थाप्न जाने चलन छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास छ ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैँलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वास बढाउने पर्वका रूपमा लिने गरिन्छ । मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँग रामेछापमा निकै चहलपहल बढ्ेको छ । शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै रामेछापका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार