भोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना

भोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना

भोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावलेभोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले आज पहाडी भेगका एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । आजको भन्दा भोलिदेखि मौसम खराब हुँदै जाने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिदेखि तीन चार दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू्भागहरूमा हिमपातको सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो । पानीसँगै हिमपात पनि हुने भएकाले यात्रा र खेती गर्दा विशेष ख्याल गर्न मौसमविद् कँडेलको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार