रामेछापका प्रदीपले एक लाख जनालाई खाना खुवाए,भन्छन सामाजिक कार्यलाई निरन्तरता दिन्छु

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ४ घर भएका समाजसेवी प्रदिप घिमिरे भन्ने वितिकै धेरैलाई याद आउँछ लकडाउनको बेलामा सडकमा अलपत्रमा परेका,काम विहिन भएर खान नपाएका गरिब, असहाय नागरीकलाई खाना खुवाउने व्यक्ति भनेर । सामाजिक सेवालाई नै आफ्नो कर्म मान्दै आएका समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ लकडाउन भएदेखि नै पीडितहरुको घाउमा मल्हम लगाउन तल्लिन छन् । […]

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सोमबार खान छुटेकालाई मंगलबार पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने वितरण […]

३३ पदक सहित गौरीशंकर माविले जित्यो तेस्रो रास्ट्रपति रनिङ शिल्ड

“स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

२४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जना र ६ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १ हजार ९६ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये काठमाडौं जिल्लामा ३ सय २६, […]

कोभिड–१९ को समस्या समाधानका लागि सबै दलको सहयोग चाहिने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड–१९ को समस्या समाधानका लागि सबै दलको सहयोग चाहिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने बताउनुभएको हो । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा मुख्यगरि ३ बिषयमा छलफल भएको छ । बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले […]

देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ सय ६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जनानिको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । देशभर कोराना […]

दोरम्बामा आगलागी हुँदा दुई घर जलेर नष्ट

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका २ मा आगलागीबाट २ वटा घर जलेर नष्ट भएका छन् । डिक बहार नेपाली, तुलसी नेपाली र सन्तमायाँ नेपाली गरी तीन परिवार बस्दै आएका घर जलेर नष्ट भएका हुन् । डिकबहादुरको घरमा आगो लागेको थाहा पाउना साथ दोरम्बास्थित नेपाली सेना, प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । आगलागीबाट मानवीय क्षति […]

नेपालमा आज ९ सय जनामा कोरोनाको सङ्क्रमण 

पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण देखिएको  छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन परीक्षणमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु […]

अध्यक्ष र वडा अध्यक्ष पौडेल दाजुभाइको घरमा आगलागी, ५० लाख भन्दा बढिको क्षति

ओखलढुंगाको लिखु गाउँपालिका ८ टारकेराबारीमा आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको छ । गाउँपालिका अध्यक्ष समेत रहनु भएका लिखु ८ का गोविन्द पौडेल र उहाँका भाई वडा नम्बर ८ का वडा अध्यक्ष विशाल कुमार पौडेलको घरमा गयराति आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । गयराति […]

रामेछाप नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको […]