रामेछाप एमाले लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन

रामेछाप एमाले लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन

नेकपा एमाले रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन भएका छन् । लामो रस्साकस्सी पश्चात आज नेतृत्व चयन भएको हो । कात्तिक ९ र १० गते नै नेतृत्व टुङ्गो लाग्नुपर्ने भएपनि आकांक्षी धेरै हुँदा अधिवेशन सरेको थियो ।

बुधबार र आज बहिबार बिहानसम्म भएको छलफलले अध्यक्षमा भीमबहादुर तामाङलाई चयन गरेको हो । एमाले प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीका अनुसार सचिवमा सुवाश बोहोरा चयन भएका छन् ।

उपाध्यक्षमा केशरबहादुर पौडेल र उपसचिवमा लिलाबहादुर बस्नेत र निङ्मार तामाङ चुनिएका छन् । अध्यक्षका लागि भीमबहादुर तामाङ, दुर्गाबहादुर श्रेष्ठ, केशरबहादुर पौडेल र शिवप्रसाद न्यौपानेले दाबी गरेका थिए । तर, निरन्तरको छलफलपछि तामाङको अध्यक्षमा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार