पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले गएराति डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । यसैगरी खाना पकाउने एलपिजीग्याँसको मूल्य पनि प्रति सिलिण्डर ७५ रुपैयाँ बढाएको छ।

निगमले गत कात्तिक १२ गते मात्र डिजेल, पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर तीन रुपैयाँ र एलपिजी ग्याँस प्रति सिलिण्डर ५० रुपैयाँ बढाएको थियो। दुई साताभित्र पेट्रोलको मुल्य ६ रुपैयाँ र खाना पकाउने एलपिजी ग्याँसको मूल्य १ सय २५ रुपैयाँ निगमले बढाएको छ।

नयाँ मुल्य अनुसार पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रति लिटर १ सय १९ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ५ सय ७५ रुपैयाँ पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ। निगमका अनुसार यो मूल्य वृद्धिपछि पनि निगमलाई प्रतिलिटर पेट्रोलमा १७.५८ रुपैयाँ, डिजेलमा १३.१४ रुपैयाँ र एलपिजी ग्याँसमा प्रति सिलिण्डर ६ सय ५७.८४ रुपैयाँ घाटा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार