आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरू

आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरू

आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । जनगणनामा सहभागि हुन सरकारले सबै नागरिकलाइ आग्रह गरेको छ ।

यस पटक मेरो गणना मेरो सहभागीता भन्ने मुल नाराका साथ जनगाणना गर्न लागिएको हो । देशको पछिल्लो स्थितिलाइ लिएर १० बर्षमा एक पटक हुने जनगणनाले समाजको आउँदो दिनको समेत मार्गनिर्देशन गर्ने भएकाले सहि विवरण टिपाउन तथा कोही नछुट्न केन्द्रीय तथ्याङ्क बिभागले अनुरोध गरेको छ । राष्ट्रिय तथ्याङ्कलाई विरोधाभाषबाट मुक्त गराउनको लागि सहि सुचना सम्प्रेषण गर्न विभागले आग्रह गरेको छ ।

अहिले सङ्कलन गरिएको तथ्याङ्क प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । सङ्कलित तथ्याङ्क मङ्सिर मसान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी रहेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो । भोली देखि मंसिर ५ सम्म ४० हजार गणकहरू घर–घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नेछ4न् ।

प्रधानमन्त्री देउवाको सन्देश

राष्ट्रिय जनगणनाकोअवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री शेरहादुर देउवाले गणकहरूलाई सही विवरण उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न उहाँले सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा जारी सन्देशमा जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख छ । जनगणना देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार