एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदै

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदै

नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदै छ।दुई दिनसम्म चल्ने बैठक ललितपुरको सानेपास्थित एक ब्याङ्क्वेटमा बिहान सुरु हुनेछ ।

हिजोको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीमा हुने छलफलका एजेण्डा तय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । पार्टीको साङ्गठनिक संरचना लगायतका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटीको पूर्ण बैठक बस्न लागेको उहाँको भनाइ छ ।

केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा र निर्वाचन आयोगका सदस्यहरूको शपथ गराउने कार्यसूची पनि तय भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नुहुने नेता खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार