नेपाली काँग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै

नेपाली काँग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै

नेपाली काँग्रेसले१३ जिल्लामा वडा अधिवेशन आज गर्दैछ । क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा आज अधिवेशन गर्न लागिएको हो ।

१३ जिल्लामा अधिवेशनमार्फतआज क्षेत्रीय प्रतिनिधि चुनिने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिसंयोजक महादेव प्रसाद यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै रोकावट नहुने भएकाले आज १३ जिल्लामा वडा अधिवेशन गराउन लागेको जानकारी दिनुभयो ।

वडा अधिवेशन सकाएपछि काँग्रेसले बाँकी रहेका गाउँर नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मङ्सिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर १० मा गर्ने तालिका निकालेको छ ।

प्रदेश अधिवेशन मङसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा गरिने छ । चार वर्षे पदावधि भएको वर्तमान काँग्रेस कार्यसमतिले ६ वर्ष हुँदा पनि आफ्नो अधिवेशन सम्पन्न गर्न नसक्दा संवैधानिक सङ्कटमै परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार