१२ औँ राष्ट्रिय जनगणना सुरु, रामेछापमा २९८ जना गणक खटिए

१२ औँ राष्ट्रिय जनगणना सुरु, रामेछापमा २९८ जना गणक खटिए

आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । राष्ट्रिय जनगणनाका लागि रामेछापमा २९८ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्ला जनगणना कार्यालय रामेछापका प्रमुख सुरेश खतिवडाका अनुसार जिल्लाका ८ वटा स्थानिय तहमा २९८ जना गणक खटाइएको बताउनुभयो ।

उहाँका अनुसार मन्थली नगरपालिकामा ७३ जना,रामेछाप नगरपालिकामा ४२ जना , लिखु तामाकोशी गाउँपालिकामा ३२ जना,उमाकुण्ड गाउँपालिकामा २४ जना,गोकुलगंगा गाउँपालिकामा ३४ जना,सुनापती गाउँपालिकामा २८ जना,दोरम्बा गाउँपालिकामा ३० जना र खाँडादेवी गाउँपालिकामा ३५ जना गणकहरु खटिएका छन ।

पहिलो चरणमा जिल्लामा ६९ जना सुपरिवेक्षकले घर तथा घरपरिवार सूचीकरण गरेका थिए । जनगणनामा सहभागि हुन सरकारले सबै नागरिकलाइ आग्रह गरेको छ । यस पटक मेरो गणना मेरो सहभागीता भन्ने मुल नाराका साथ जनगणना गर्न लागिएको हो ।

देशको पछिल्लो स्थितिलाइ लिएर १० बर्षमा एक पटक हुने जनगणनाले समाजको आउँदो दिनको समेत मार्गनिर्देशन गर्ने भएकाले सहि विवरण टिपाउन तथा कोही नछुट्न केन्द्रीय तथ्याङ्क बिभागले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार