राष्ट्रिय जनगणनामा आधिकारीक तथ्यांक नआएपछि खाँडादेवी गाउँपालिकाद्वारा जनगणना सुरु

राष्ट्रिय जनगणनाले पालिकाको जनसंख्या घट्ने गरी जनगणनाको विवरण सार्वजनिक गरेपछि रामेछापको खाँडादेवी गाउँपालिकाले आफैं जनगणना गर्न थालेको छ । गाउँपालिकाले ३ वर्षअघि गरेको गणनाभन्दा कम मात्र हैन, कायम रहेका बालिग मतदाताभन्दा पनि थोरै जनसंख्या रहेको विवरण सार्वजनिक भएपछि खाँडादेवीले सहजकर्ता मार्फत् जनगणना थालेको हो । खाँडादेवी गाउँपालिकामा मतदाताको संख्या २२ हजार १ सय ६० रहेको […]

पेट्रोलियम पदार्थको मूल्यमा नयाँ रेकड,अब पेट्रोल लिटरको १४२ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले गएरातिदेखि लागू हुने गरि साबिकको बिक्री मूल्यमा पेट्रोल, डिजलरमट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । अब पेट्रोल लिटरको १४२ रुपैयाँ, डिजल÷मट्टितेल१ सय २५ रुपैयाँ तिर्नुपर्नेछ । यो अहिलेसम्म कै महङ्गो हो । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोललिटरको १ सय ४० […]

तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

तामाङ समुदायले आज सोनाम ल्होसार मनाइरहेको छ । माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार अर्थात नयाँ वर्ष मनाउने गरेको हो । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदान–प्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्याल्मो, […]

सोनाम ल्होछारको अवसरमा सुनापती गाउँपालिकामा तीनदिन सार्बजनिक बिदा

तामाङ जातिहरुको बाहुल्यता रहेको रामेछापको सुनापती गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीनदिन सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा गाउँपालिकाभर तीनदिन सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । २८५८ औं सोनाम ल्होछारको अवसरमा आगामी १८,१९ र २० गते तीन दिनका लागि गाउँपालिका र अन्र्तगतका […]

रामेछापमा २ सय १७ जना कोरोनाका सकृय संक्रमित आइसोलेशनमा

रामेछापमा अहिले कारोना भाईरसबाट संक्रमित २ सय १७ जना सकृय संक्रमित रहेका छन । जिल्लाको मन्थली नगरपालिकामा ५२ जना, रामेछाप नगरपालिकामा ४६जना, उमाकुण्ड गाउँपालिकामा १६ जना, खाँडादेवी गाउँपालिकामा २३ जना, गोकुलगङ्गा गाउँपालिकामा १७ जना, लिखुतामाकोसी गाउँपालिकामा १९ जना, दोरम्बा शैैलुङ गाउँपालिकामा ५ जना र सुनापति गाउँपालिकामा १३ जना कोरोनाका सकृय संक्रमित होम आइसोलेशनमा छन । […]

अरु ठाउँमा भत्ता लिन बैंकमा भिड,सुकाजोरमा घरमै भत्ता पाउँदा नागरीक दंग

माथिको तस्विरमा देखिएको भिड राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा शाखामा सामाजिक सुरक्षा भत्ता लिन लाईनमा बसेका ६० वर्ष कटेकाहरूको हो । समाजिक सुरक्षा भक्ता बैँक खातामा आयो रे भन्ने सुन्ने बित्तिकै विहान १० नबज्दै बैँकमा वृद्धवृद्धहरु लाईन बस्छन । माघको यो जाडोमा कठ्याङग्रीएर लाईनमा बसेका अधिकांशले मास्क लगाएका छैनन् । केहीले चिउँडोमा अड्याएका छन् । […]

रामेछाप कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द

जिल्ला कारागार रामेछापमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागार प्रशासनले कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरेको जनाएको छ । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयो । भेटघाट बन्दसँगै बाहिरबाट कोरोना […]

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि रामेछाप साँघुटारको राष्ट्रिय वाणिज्य बैंक बन्द

कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि रामेछापको रामेछाप नगरपालिका वडा नं ३ साँघुटार बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय साँघुटार बन्द भएको छ । बैंकका दुईजना कर्मचारीमा बिहीबार एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै बैंकले एक सूचना निकाली बैंकबाट प्रवाह हुने सेवा शुक्रबारवाट केही […]

रामेछापका लाक्पा शेर्पा कोरियामा सम्मानित

दक्षिण कोरियामा भाषा अनुवादकको रुपमा काम गर्दै आईरहेका रामेछापका एक युवा त्यहाँको स्थानिय सरकारबाट सम्मानित भएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका–४, भण्डार स्थायी घर भई हाल दक्षिण कोरियामा रहेका लाक्पा शेर्पालाई दक्षिण कोरियाको स्थानिय ख्याङ्गिदो सरकारले सम्मानित गरेको हो । सन् २०२१ भरिमा भाषा अनुवादकको रुपमा राम्रो काम गरेको भन्दै त्यहाँको सरकारले उनलाई सम्मान गरेको […]

रामेछापमा सरकारविरुद्ध राँके जुलुस,स्थानीय तहको निर्वाचन घोषणाको माग

नेपाल एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले बिहीबार साँझ मन्थलीमा राँके जुलुस निकालेका हुन् । जुलुस बजार परिक्रमा गरी स्थानीय देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीले गठबन्धन सरकारको राजीनामा र मन्त्री रेणुकुमारी यादवको बर्खास्तीको माग समेत […]