रामेछाप कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द

रामेछाप कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द

जिल्ला कारागार रामेछापमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागार प्रशासनले कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरेको जनाएको छ ।

कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

भेटघाट बन्दसँगै बाहिरबाट कोरोना परीक्षण नगरी ल्याइने कैदीबन्दीलाई समेत रोक लगाइएको छ । कारागार प्रशासनले जिल्ला अदालतबाट कारागार चलान गरेका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार