अरु ठाउँमा भत्ता लिन बैंकमा भिड,सुकाजोरमा घरमै भत्ता पाउँदा नागरीक दंग

अरु ठाउँमा भत्ता लिन बैंकमा भिड,सुकाजोरमा घरमै भत्ता पाउँदा नागरीक दंग

माथिको तस्विरमा देखिएको भिड राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा शाखामा सामाजिक सुरक्षा भत्ता लिन लाईनमा बसेका ६० वर्ष कटेकाहरूको हो । समाजिक सुरक्षा भक्ता बैँक खातामा आयो रे भन्ने सुन्ने बित्तिकै विहान १० नबज्दै बैँकमा वृद्धवृद्धहरु लाईन बस्छन । माघको यो जाडोमा कठ्याङग्रीएर लाईनमा बसेका अधिकांशले मास्क लगाएका छैनन् । केहीले चिउँडोमा अड्याएका छन् । लाइन अव्यवस्थित छ । सामाजिक दुरी कसैले पालना गरेको छैन । बरु सबै जना झुरुप्प भएर बसेका छन । कोरोना संक्रमण तिव्र रुपमा फेलिरहेको यो अवस्थामा वृद्धवृद्धाहरु संक्रमणको जोखिममा छन ।

रामेछापका धेरै स्थानिय तहका वृद्धवृद्धाहरु यसरी नै लाईनमा बसेर समाजिक सुरक्षा भत्ता लिईरहेका छन । थरथर काप्दै लाईनमा बसेका धेरैले निकै दुख कष्टका साथ भत्ता लिन टाढा टाढाबाट आएको बताए । रामेछाप नगरपालिकाको ९ वटा वडाहरु मध्ये ८ वटावडाका वृद्धवृद्धाहरु यसैगरी बैँकमा आएर लाईनमा बसेर समाजिक सुरक्षा भत्ता लिँदैआएका छन । तर वडा नं ७ सुकाजोरको काम भने उदाहरणिय छ । वडा नं ७ ले जेष्ठ नागरीक,अशक्त,अपाङ्ग,एकल महिला,लोपन्मुख हायु जातिले पाउँदै आएको भत्ता टोलटोलमै पुगेर वितरण गरिरहेको छ ।

वडाका समाजिक सुरक्षा भक्ता लिँदै आएका नागरीकहरुलाई सहज होस भनेर आफुहरुले लक्ष्मी बैँक मन्थली शाखासँगको सहकार्यमा टोलटोलमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरिरहेको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । शाखा रहित बैङ्किङग सेवा मार्फत लक्ष्मी बैँकसँगको सहकार्यमा टोलटोलमा पुगेर भक्ता वितरण गरेपछि सुकाजोरका नागरीक पनि खुशी भएका छन ।

सुकाजोर ७ का धनमायाँ मगरलाई वडाका कर्मचारीहरुले घरमै गएर भत्ता दिए । रामेछाप बजारमा बैँकमा वृद्धवृद्धाहरु लाईनमा बसेर भत्ता लिएको देख्नु भएको उहाँले घरमै भत्ता पाउँदा हर्षका आँशु खसाल्नुभयो । अनि भन्नुभयो–हाम्रो भोट खेर गएनछ ।


सुकाजोर पालेवनका गोपाल ब महताराले पनि वृद्धा भत्ता लिँदै आउनुभएको छ । हरेक पटक टोलमै आएका वडाका कर्मचारीहरुमार्फत भत्ता लिनुभएका उहाँले शनिबार घरमै वृद्ध भत्ता पाउनुभयो । उहाँले भन्नुभयो– “केहि दिनपछि बुबाको श्राद्ध गर्न पैसा थिएन । घरमै आएर भत्ता दिए । म धेरै खुशी छु ।”

सुकाजोरका ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अशक्तता भएका व्यक्तिहरु र्बैँकमा गएर लाईन बस्नुपर्ने झन्झट तथा सास्तीबाट मुक्त छन । जिल्लाका अरु स्थानिय तहका वडाहरुले पनि रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरबाट केही पाठ सिक्नसके बैँकमा भत्ता लिन आउनेहरुको भिड कम हुने थियो । नागरीकहरुले घरदैलोमै सेवा पाउने थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार