रामेछापमा २ सय १७ जना कोरोनाका सकृय संक्रमित आइसोलेशनमा

रामेछापमा २ सय १७ जना कोरोनाका सकृय संक्रमित आइसोलेशनमा

रामेछापमा अहिले कारोना भाईरसबाट संक्रमित २ सय १७ जना सकृय संक्रमित रहेका छन । जिल्लाको मन्थली नगरपालिकामा ५२ जना, रामेछाप नगरपालिकामा ४६जना, उमाकुण्ड गाउँपालिकामा १६ जना, खाँडादेवी गाउँपालिकामा २३ जना, गोकुलगङ्गा गाउँपालिकामा १७ जना, लिखुतामाकोसी गाउँपालिकामा १९ जना, दोरम्बा शैैलुङ गाउँपालिकामा ५ जना र सुनापति गाउँपालिकामा १३ जना कोरोनाका सकृय संक्रमित होम आइसोलेशनमा छन ।

जिल्ला अस्पतालमा १३ जना, उमाकुण्ड गाउँपालिकामा २ जना, लिखुतामाकोसी गाउँपालिकामा ७ जना र सुनापति गाउँपालिकामा १ जना सकृय संक्रमित संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । आज जिल्लामा १२ जना कोरोना संक्रमित थपिएका छन । आजै २७ जनाले कोरोना जितेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार