कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि रामेछाप साँघुटारको राष्ट्रिय वाणिज्य बैंक बन्द

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि रामेछाप साँघुटारको राष्ट्रिय वाणिज्य बैंक बन्द

कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि रामेछापको रामेछाप नगरपालिका वडा नं ३ साँघुटार बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय साँघुटार बन्द भएको छ । बैंकका दुईजना कर्मचारीमा बिहीबार एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै बैंकले एक सूचना निकाली बैंकबाट प्रवाह हुने सेवा शुक्रबारवाट केही दिनका लागि बन्द हुने जानकारी गराएको छ । शुक्रबार बैंक आकस्मिक बन्द हुँदा सेवाग्राहीहरु भने मारमा परेका छन् । ओखलढुंगा र रामेछापका सेवाग्राहीहरुले सेवा लिँदै आएको उक्त ठाउँको एक मात्र बैँक बन्द हुँदा निकै समस्या हुने त्यहाँका स्थानियले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार