सोनाम ल्होछारको अवसरमा सुनापती गाउँपालिकामा तीनदिन सार्बजनिक बिदा

सोनाम ल्होछारको अवसरमा सुनापती गाउँपालिकामा तीनदिन सार्बजनिक बिदा

तामाङ जातिहरुको बाहुल्यता रहेको रामेछापको सुनापती गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीनदिन सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा गाउँपालिकाभर तीनदिन सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो ।

२८५८ औं सोनाम ल्होछारको अवसरमा आगामी १८,१९ र २० गते तीन दिनका लागि गाउँपालिका र अन्र्तगतका सबै सरकारी कार्यालय, संघसंस्था, बित्तिय संस्थाहरुमा सार्बजनिक रुपमा बिदा दिईएको अध्यक्ष लामाले बताउनुभयो । सोनाम ल्होछार पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरे अनुसार बिदा दिइएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार