पेट्रोलियम पदार्थको मूल्यमा नयाँ रेकड,अब पेट्रोल लिटरको १४२ रुपैयाँ

पेट्रोलियम पदार्थको मूल्यमा नयाँ रेकड,अब पेट्रोल लिटरको १४२ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले गएरातिदेखि लागू हुने गरि साबिकको बिक्री मूल्यमा पेट्रोल, डिजलरमट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । अब पेट्रोल लिटरको १४२ रुपैयाँ, डिजल÷मट्टितेल१ सय २५ रुपैयाँ तिर्नुपर्नेछ ।

यो अहिलेसम्म कै महङ्गो हो । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोललिटरको १ सय ४० रुपैयाँसम्म पुगेको थियो। यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाएर लिटरको ११६ रुपैयाँ तोकिएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० ले बढेर प्रतिकिलोलिटर बिक्री मूल्य१ हजार ९५डलर कायम भएको छ ।

एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन । मूल्य बढाएपनि मासिक साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब दुई अर्ब २३ करोड घाटा रहेको सहप्रवक्ता पुस्कर कार्कीले बताउनुभयो । उहाँका अनुसार मूल्य बढेपनि आगामी १५ दिनमा पेट्रोलमा ४३ करोड, डिजेलमा एक अर्ब एक करोड र एलपी ग्यासमा करिब एक अर्ब घाटा हुने निगमको प्रक्षेपण छ ।

निगमलाई मट्टितेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ । पन्ध्र दिनमा मट्टितेलको बिक्रीबाट दुई करोड, हवाई इन्धन (आन्तरिकतर्फ) तीन करोड र हवाई इन्धन (बाह्यतर्फ) १६ करोड नाफा हुने निगमको आँकलन छ । डिजेल, पेट्रोल र ग्यासको उच्च घाटा मट्टितेल तथा हवाई इन्धनको बिक्रीबाट पूर्ति हुन नसक्ने निगमले जनाएको छ ।

मूल्य समायोजन गरे पनि इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने बाध्यता रहेको सहप्रवक्ता कार्कीको भनाइ छ । निगमसँग सञ्चित बचत शून्यमा झरेपछि मूल्य समायोजनपछि पनि प्रतिमहिना पाँच अर्ब ऋण लिनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार