रामेछापका लाक्पा शेर्पा कोरियामा सम्मानित

रामेछापका लाक्पा शेर्पा कोरियामा सम्मानित

दक्षिण कोरियामा भाषा अनुवादकको रुपमा काम गर्दै आईरहेका रामेछापका एक युवा त्यहाँको स्थानिय सरकारबाट सम्मानित भएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका–४, भण्डार स्थायी घर भई हाल दक्षिण कोरियामा रहेका लाक्पा शेर्पालाई दक्षिण कोरियाको स्थानिय ख्याङ्गिदो सरकारले सम्मानित गरेको हो ।

सन् २०२१ भरिमा भाषा अनुवादकको रुपमा राम्रो काम गरेको भन्दै त्यहाँको सरकारले उनलाई सम्मान गरेको हो। सन् २००९ मा विद्यार्थी भिषामा दक्षिण कोरिया पुगेका शेर्पाले त्यहाँको दोङगुक यूनिभर्सिीटिबाट स्नातकसम्मको अध्ययन पुरा गरेका छन् । अध्ययनपश्चात उनि विशेषगरी भाषा अनुवादकको रुपमा काम गर्दै आईरहेका छन् ।

उनले अध्यागमन विभाग, प्द्यक्ष्श् प्रहरी लगाएतका विभिन्न संघसस्थामा पनि भाषा अनुवादकको रुपमा काम गरिसकेका छन् । विशेषगरी शेर्पाले नेपालबाट कोरिया पुगेका नेपालीहरुलाई भाषा लगाएत विभिन्न विषयमा आवश्यक परामर्श र सहयोग प्रदान गर्दै आईरहेका छन् । कोरिया प्रवेशको सुरुवातमा भाषाकै कारण आँफुले धेरै दुख पाएको स्मरण गर्दै शेर्पा, आँफुले जस्तै अन्य नेपालीहरुले यस्तो दुख नपाउन भन्ने मनसायका साथ निकै मेहनतका साथ अध्ययन गरी भाषा अनुवादक बनेको बताउँछन् ।

भाषा अनुवादकका अलवा शेर्पाले कोरियामा अप्ठयारोमा परेका नेपालीहरुलाई विभिन्न किसिमका सहयोग र परामर्श गर्दै आईरहेका छन् । सामाजिक संजालमार्फत पनि शेर्पा त्यहाँका सामाजिक, कानुनी लगाएतका विषयमा जानकारी दिईरहन्छन् । उनी स्थानिय ख्याङ्गिदो सरकारका अलवा अन्य संघसंस्थाबाट पनि सम्मानित भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार