पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि बन्द

पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो । पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको उहाँले बताउनुभयो । पशुपतिनाथ मन्दिरमा नित्य […]

थप ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै सङ्क्रिमत सङ्ख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ५ सय २ तथा ५ हजार ३ सय ३१ नमुनाको […]

रामेछाप रामपुरमा माटोको ढिस्कोले पुरिएर एक जना घाईते

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा माटोको ढिस्कोले पुरिएर एक जना घाईते भएका छन । सडक खन्ने क्रममा माटोको ढिस्को झरेर पुरिँदा रामपुरका वर्ष ५५ का खड्ग नेपाली घाईते भएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ । घाईतेलाई उद्धारगरी जिल्ला अस्ताल रामेछाप ल्याइएको र उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । अहिले घाईतेको […]

रामेछापमा आज थप २५ जनामा कोरोना पुष्टि,जिल्लामा ८८ जना सकृय संक्रमित

केही महिना रामेछापमा सुन्य रहेको कोरोना संक्रमण केहि दिनयता फेरी बढ्न थालेको छ । आज जिल्लामा एकैदिन २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज जिल्ला अस्पताल रामेछापमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा १३ जना,लिखु तामाकोशी गाउँपालिकामा ४ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना,उमाकुण्ड गाउँपालिकामा १ जना,खाँडादेवी गाउँपालिकामा १ जना र सुनापती गाउँपालिकामा १ जनामा कोरोना संक्रमण […]

रामेछापमा यहि माघ ६ गतेदेखी १० गतेसम्म कोरोना विरुद्धको खोप अभियान सन्चालन हुँदै

रामेछाप जिल्लामा यहि माघ ६ गतेदेखी १० गतेसम्म कोरोना विरुद्धको खोप अभियान सन्चालन हुने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यहि पौष ६ गतेदेखी १० गतेसम्म संचालन भएको अभियानमा पहिलो मात्रा खोप लिएका १२ देखी १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई यहि माघ ६ गतेदेखी १० गतेसम्म उक्त खोपको दोश्रो मात्रा लगाईने छ । आफुले […]

स्वस्थानी व्रत सुरु, कोरोनाको कारण माधवनारायण मेला नगरि व्रत मात्र

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरवात हुन्छ । बिहान माघ […]

आजदेखि श्रम स्वीकृति अनलाइन प्रणालीबाट लिन सकिने

आजदेखि श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा जानको लागि चाहिनेश्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै दिने निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम भइरहेकोमा आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृतिको काम हुने भएको हो । श्रम स्वीकृतिको काम वैदेशिक […]

आज २४ औंँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विविध कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । यो वर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको छ।दिवसका अवसरमा मूल समारोह समितिले आज पाटन दरबार […]

अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाइँदै तर रामेछापमा खोप अभाव

सरकारले आजदेखि कोरोना महामारीको लडाइँमा अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोनाविरुद्ध खोपको बुस्टर मात्रालगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तीमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई आजदेखि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाउने भएको हो । पुस २८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारले आजदेखि कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाउने तयारी गरेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले  बताउनुभयो […]

७ औं राष्ट्रिय योग दिवस मनाइँदै

आज ७ औं राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै छ । नेपालमा पछिल्लो समय फेरि कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि यस वर्षको राष्ट्रिय योग दिवस भर्चुअल माध्यमबाट मनाउन लागिएको हो ।आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट दिवस मनाउन लागिएको जनाएको छ । योग दिवसको अवसरमा सबै जिल्लाहरूको आयुर्वेद कार्यालयमा […]