नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको छ । हिजो देशभर हालसम्मकै धेरै मानिसहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो एकैदिन देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै ४ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म […]

चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित, सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने

चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित भएको छ । मौसम बदली भएसँगै देशभर अधिकतम तापक्रम घट्दा चिसो बढेको हो । देशका विभिन्न ठाउँमा ९ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अस्ति अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको हिजोको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको […]

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै

स्थानीय तह र प्रनितनिधि सभाको चुनावको बारेमा छलफल गर्न सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । गठबन्धनमा भएका दलको विचार सुनेर दुवै चुनावका बारेमा निष्कर्षमा पुगिने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो । समितिको बैठकअघि गठबन्धनका शीर्ष […]

नेपालमा हालसम्मकै धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि, थप ४ जनाको मृत्यु

नेपालमा हालसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर २७ हजार ४ सय ९७नमूनामा कोरोना परीक्षण गरिएको थियो । जसमा २१ […]

रामेछापमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

केहि दिन यता रामेछापमा दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेका छन । आज जिल्लामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका ३५ जना संक्रमितसँगै अहिले जिल्लामा १४८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । जिल्लामा सबैभन्दा धेरै संक्रमित […]

कोरोना संक्रमण बढिरहँदा रामेछापको विहिबारे हाटमा भिडभाड,रामेछाप नगरपालिका मौन

केहि दिन यता रामेछापमा दैनिक रुपमा ३० देखी ४० जनाको हाराहारीमा कोरोना संक्रमितहरु थपिने क्रम जारी छ । रामेछापमा आज मात्रै ३५ जना कोरोना सङ्क्रमित थपिएका छन । जिल्लामा अहिले १४८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासनले पनि २५ जनाभन्दा बढी भेला नहुन केहि दिन अघि सुचना प्रकाशन […]

डिजेल, पेट्रोल, मट्टितेलको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ । डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढेको छ । मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर […]

अबको तीन दिन पानी र हिउँ पर्ने सम्भावना : चिसो बढ्ने

अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी र हिउँ परेर चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । हिउँ र पानी परेपछि चिसो बढ्ने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले दिउँसो देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराउने सम्भावना […]

नेपालमा कोरोना सङ्क्रमणको दर एक सातामै ५४ प्रतिशत पुग्यो

नेपालमा कोरोना सङ्क्रमणको दर एक सातामै बढेर ५४ प्रतिशत पुगेको छ । गत साता सङ्क्रमणदर १३ प्रतिशत रहेकोमा यो साता बढेर ५४ दशमलव ४ प्रतिशत पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा परीक्षण गर्दा ४० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि हुने थालेको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले कोरोना सङ्क्रमणको दर […]

कोरोनाका कारण राष्ट्रियसभाको चुनाब नरोकिने

बढ्दो कोरोना सङ्क्रमणका बीच पूर्व निर्धातिर राष्ट्रियसभाको निर्वाचन भने नरोकिने बताईएको छ । १२ माघमा हुने चुनावमा पर्याप्त स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाईने निर्वाचन आयोगका सह–प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । ७ वटै प्रदेश राजधानीमा निर्वाचन सम्पन्न हुनेछ । स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सांसद मतदाता हुने भएकाले चुनावमा सरकारले तोकेको २५ जना भन्दा बढि […]