गौरीशङ्कर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे

गौरीशङ्कर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे

गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछापको क्याम्पस सभाबाट सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे चयन हुनुभएको छ । शनिवार भएको अधिवेशनबाट घिमिर सहित समितिको सदस्यहरू सर्वसम्मत चयन भएका हुन । समितिको सदस्यहरूमा क्रमश कुमारी हायु, लक्ष्मण कुमार घिमिरे र सरोज कटुवाल चयन भएका छन ।

रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले उद्धघाटन गर्नुभएको क्याम्पस सभामा बोल्दै उहाँले रामेछाप नगरपालिकाको एक मात्रै क्याम्पस गौरीशङ्कर बहुमुखी क्याम्पसको विकासका लागी नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । क्याम्पसमा विद्यार्थी संख्या निकै कम रहेको भन्दै उहाँले विद्यार्थीसंख्या बढाउने गरि काम गर्न क्याम्पस सञ्चालक समितिलाई अनुरोध गर्नुभयो ।

क्याम्पस प्रमुख मेघ प्रसाद भट्टराईले वार्षिक कार्यक्रम तथा बजेट,शैक्षिक प्रगति,आर्थिक प्रगति,भावि कार्यक्रम तथा योजनाहरु क्याम्पस सभामा प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका वडा अध्यक्षहरू,समाजसेवी,विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार