रामेछाप सुनारपानी मच्चाबारीमा आगोले एक घर जलेर नष्ट

रामेछाप सुनारपानी मच्चाबारीमा आगोले एक घर जलेर नष्ट

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी मच्चाबारीमा आगोले एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । गएराति जंगलमा लागेको आगोले यम बहादुर मगरको घर पुर्ण रुपमा जलेर नष्ट भएको वडा न ५ का वडाअध्यक्ष नविन कार्की रबिनले जानकारी दिनुभयो ।

यम बहादुरले पालेको एउटा गोरु समेत आगोमा परेर जलेको छ । नेपाल आर्मी ,प्रहरी र स्थानीयवासीको सकृयतामा बस्तीमा प्रवेश गरेको आगो भने नियन्त्रणमा आएको वडाध्यक्ष कार्कीले बताउनुभयो । मच्चाबारी जंगलमा ३ दिनदेखी लागेको आगोले जंगल सखाप बनाएको छ । पछिल्लो समय सुख्खायाम र हावाहुरी चलेसँगै जिल्लाका विभिन्न जंगल क्षेत्रमा आगलागीका घटना बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार