रामेछापको राकाथुममा जिप दुर्घटना हुँदा चालकको ज्यान गयो,७ जना घाइते

रामेछापको राकाथुममा जिप दुर्घटना हुँदा चालकको ज्यान गयो,७ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुममा जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ घाइते भएका छन् । खाँडादेवीको वडा नम्बर ७ को ताल्दुमबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ३२२५ नम्बरको जिप शनिबार अपराह्न दुर्घटना हुँदा जिप चालक कालुमान तामाङको घटनास्थलमानै मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परी घाइते भएका सबैलाई उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरु खाँडादेवीका रुपसिं तामाङ, सुष्मा तामाङ, नेस्नल तामाङ, सविना तामाङ, क्वीन तामाङ, दिनेश श्रेष्ठ र जापानी नागरिक सातो काजुभि रहेका छन् ।

रुपसिं तामाङको अवस्था जटिल रहेको छ । ओरालो झरिरहेको उक्त जिप सडक नजिकैको भीरबाट करिब ३ सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भैरहको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार