रामेछापमा एसइईको सम्पुर्ण तयारी पुरा,३ हजार २ सय ३१ जना विद्याथीले परीक्षा दिँदै

रामेछापमा एसइईको सम्पुर्ण तयारी पुरा,३ हजार २ सय ३१ जना विद्याथीले परीक्षा दिँदै

यहि चैत्र १७ गते शुक्रबार भोलीदेखी सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी पुरा भएको छ । एसइई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो ।

यो वर्ष रामेछापका ३ हजार बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तहमा ९६ वटा माध्यमिक विद्यालय रहेका छन । ति विद्यालयका ३ हजार २३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुन लागेका हुन् । यो वर्ष जिल्लाभर रहेका ९६ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ३ हजार २३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन ।

कुन स्थानिय तहबाट कति विद्यार्थीले दिँदैछन एसइइ ?

यो वर्ष सबै भन्दा बढी मन्थली नगरपालिकाको २२ वटा माविबाट ८०६ र सबै भन्दा कम सुनापति गाउँपालिकाको १२ वटा माविबाट २७० जना र उमाकुण्ड गाउँपालिकाको ७ वटा माविबाट २७० जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् ।

यसैगरी जिल्लाको रामेछाप नगरपालिकाबाट १३ वटा माविमा अध्ययनरत ४८८ जना, गोकुलगङ्गा गाउँपालिकाको ७ वटा माविमा अध्ययनरत ४०८ जना, लिखुतामाकोशी गाउँपालिकाको १२ वटा माविमा अध्ययनरत ४१६ जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् ।

त्यसैगरी जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकामा रहेको ९ वटा माविमा अध्ययनरत २९९ जना र खाँडादेवी गाउँपालिकाको १३ वटा माविमा अध्ययनरत ३५३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार