रामेछाप गोकुलगंगा बेतालीका बृद्धको हत्या आरोपमा चार जना पक्राउ

रामेछाप गोकुलगंगा बेतालीका बृद्धको हत्या आरोपमा चार जना पक्राउ

रामेछापको गोकुलगंगा गाउँपालिकास्थित बेतालीका एक बृद्धको खुकुरी प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गोकुलगंगा गाउँपालिका ४ का ८४ वर्षिय शंम्शेर बहादुर थापामगरको हत्या आरोपमा स्थानीय चार जना पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) र रामेछाप प्रहरीले थापामगरको हत्या आरोपमा स्थानीय रामपियारी खड्का, मान बहादुर मगर, नेत्र बहादुर थापामगर र अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरेको छ । प्रहरीले सुरुमा घटनामा संलग्न भएको आशंकामा रामपियारी र मानबहादुर नियन्त्रणमा लिएको थियो । उनीहरुले दिएको बयानका आधारमा नेत्रबहादुर र मनोमायालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोकुलगंगा गाउँपालिका ४ का शंम्शेर बहादुर थापामगरलाई यही चैत १३ गते साँझ साँढे ७ बजे अज्ञात समुहले खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको थियो । गम्भिर घाईते थापामगरलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

सो घटनामा अनुसन्धान गरीरहेको प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरेको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार