रामेछापको ७ स्थानिय तहमा दमकल छैन,आगलागी हुँदा करडौँको क्षती

रामेछापको ७ स्थानिय तहमा दमकल छैन,आगलागी हुँदा करडौँको क्षती

रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा २०७८ चैत्र १२ गते भएको आगलागीमा परेर ११ घर जलेर नष्ट भयो । हरेक वर्ष आगलागीबाट लाखौँको क्षति हुने गरेको भएपनि रामेछाप नगरपालिकासँग दमकल छैन । आगो निभाउन मन्थली नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता छ । नगरपालिकामा दमकल नभएकै कारण त्यति ठूलो क्षति भएको स्थानीयको ठहर छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले दमकल खरिद गर्ने योजना नै नरहेको बताउनुभयो ।

रामेछापको आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि मन्थली नगरपालिकासँग मात्र दमकल छ । रामेछाप नगरपालिका,खाँडादेवी,सुनापती,दोरम्बा शैलुङ,गोकुलगंगा,लिखुतामाकोशी र उमाकुण्ड गाउँपालिकामा दमकल छैन । यि पालिकाहरुले मन्थली नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता रहेको छ ।

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले जिल्लामा मात्रै नभएर छिमेकी जिल्लामा समेत ठूलो आगोलागी भएको बेला मन्थली नगरकै दमकल जाने गरेको बताउनुभयो । आगलाागी भएमा आगो निभाउनका लागि दमकल आवश्यक छ भन्ने महसुस गरी सबै स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने जिल्ला वन कार्यालय रामेछापका सहायक वन अधिकृत देबेन्द्र यादवले बताउनुभयो ।

अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि सुविधायुक्त सवारी साधन भने अधिकांशको रहेका छन् । पालिकामा दमकलको आबश्यकता महशुस गरेपनि भौगोलिक विकटता तथा खर्चिलो हुने भएका कारण दमकल खरिद नगरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताउनुभयो ।

सबै स्थानीय तहमा दमकलको आवश्यकता रहेपनि बजेटको अभावमा धेरै स्थानिय तहले खरिद गर्न नसकेको हुन सक्ने जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेको भनाई छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापब्न ऐन २०७४ ले पनि प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर, स्थानिय सरकारका प्रमुखहरुले खर्चिलो र व्यवस्थापन गर्न गाह्रो हुने भन्दै दमकल खरिदका लागी चासो दिने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार