शारदा संस्कृत मावि रामेछापले निशुल्क खाने,बस्ने व्यवस्था सहित कर्मकाण्ड पढाउँदै

रामेछाप जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत निशुल्क कर्मकाण्ड पढाउने भएको छ । खाने,बस्ने व्यवस्था सहित निशुल्क कर्मकाण्ड पढाईने उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो । पछिल्लो समय पुरोहित पेशा र संस्कृत भाषा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागी रामेछापमै पहिलो पटक निशुल्क कर्मकाण्ड […]

प्याब्सन रामेछापमा नयाँ नेतृत्व चयन,अध्यक्षता केशव अमोल

नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन (प्याब्सन) रामेछापको शनिवार मन्थलीमा सम्पन्न पाँचौ जिल्ला अधिबेशनले कर्कला देवी इङ्लिस स्कुल मन्थलीका प्रिन्सिपल केशव अमोल तिमिल्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ । यसरी नवगठित पदाधिकारीहरुमा उपाध्यक्ष,सचिब कोषाध्यक्ष मा क्रमश हस्तबहादुर लामा, उद्धव घिसिङ, र पार्बति पाठक रहनुभएको छ भने सदस्यहरुमा अनिल श्रेष्ठ, गौतम श्रेष्ठ, नारायण कार्की चयन […]

नेपाल शिक्षक सङ्घ गोकुलगंगाको दोस्रो अधिवेशन सम्पन्न, घिमिरेको अध्यक्षतामा २३ सदस्य कार्यसमिती चयन

नेपाल शिक्षक सङ्घ रामेछाप गोकुलगंगा गाउँपालिका स्तरीय दोस्रो अधिवेशन सम्पन्न भएको छ ।  शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिती पनि चयन गरेको छ । रामप्रसाद घिमिरेको अध्यक्षतामा २३ सदस्य कार्यसमिती चयन गरिएको हो । १. अध्यक्ष :-रामप्रसाद घिमिरे २.उपाध्यक्ष (म.) :-नमि खड्का ३. उपाध्यक्ष :-राजकुमार खड्का “ख” ४.सचिव :-रामजी खड्का ५.सचिव अर्थ :-कमलबहादुर कार्की ६.सहसचिव :-नारायणबहादुर […]

इसिडीका शिक्षकलाई बढेको तलब दिन पालिकालाई निर्देशन दिएको शिक्षामन्त्री पौडेलको भनाइ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षकलाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताउनुभएको छ । आज शिक्षक महासंघका पदाधिकारीहरुसँगको कुराकानीमा उहाँले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको बताउनुभएको हो । देशका कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्याङ्क सङ्कलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय […]

बालमन्दिर विद्यालयका ९० जना विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा रहेको श्री बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीले जाडोमा लगाउने न्यानो कपडा पाएका छन । जर्मन रोटरी क्लबका डाक्टर कालुज प्रिन्जले विद्यालयका ९० जना विद्यार्थीलाई स्वीटर र टोपी वितरण गर्नुभएको विद्यालयका शिक्षक शंकरलाल श्रेष्ठले जानकारी दिनुभयो । शिशुदेखी कक्षा ५ सम्म अध्यनरत सबै विद्यार्थीलाई यो जाडोमा लगाउने स्वीटर र […]

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खुलायो

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको छ । शैक्षिक वर्ष २०७८÷७९ का लागि आजदेखि पुस मसान्तसम्म र दोब्बर दस्ुतरमा माघ ७ गतेसम्म भर्नाका लागि आवेदन फारम दिन सकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन र शिक्षा शास्त्र सङ्कायसहित विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा फागुन १ गतेबाट […]

न्युनतम पारिश्रमिक उपलब्ध नगराएमा चरणबद्ध आन्दोलन गर्ने विद्यालय कर्मचारी र बाल विकास शिक्षकको चेतावनी

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय कर्मचारी र बाल विकास शिक्षकहरुले नगरप्रमुख नर बहादुर थापा मगरलाई आज माग पत्र बुझाएका छन । विद्यालय कर्मचारी संघर्ष समिती र बाल विकास शिक्षक संघर्ष समितीले आज आफुहरुको माग सम्बोधन गर्न नगरप्रमुख समक्ष माग पत्र पेश गरेका छन । उनिहरुले माग पत्रमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालय कर्मचारीलाई […]

विद्यालय कर्मचारीको शिक्षा मन्त्रीलाई खुल्ला पत्र

माननिय शिक्षा मन्त्रीज्यू, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाण्डौं । सर्बप्रथम यहाँलाई शिक्षा मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छु । यहाँको कार्यकालमा शिक्षा क्षेत्रमा भएको ठुलो बेथिति तथा असमानतालाई चिर्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याई शिक्षामा छलाङ मार्न सफल रहोस भन्ने कामना गर्दछु । म रामेछाप जिल्ला, […]

रामेछाप नगरपालिकाका विद्यालय दशैँमा ५ दिन मात्रै बिदा हुने

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय दशैँमा ५ दिन मात्रै बिदा हुने भएका छन् । रामेछाप नगरपालिकाले एक सूचना जारी गर्दै कोभिडका कारण लामो समय पठनपाठन हुन नसकेको र बल्ल सामान्य रुपमा पढाई सुरु भएकाले लामो बिदा नदिन विद्यालयहरुलाई अनुरोध गरेको हो । नगरपालिकाले घटस्थापना अर्थात् असोज २१ गतेबाट नभई फुलपाती अर्थात् असोज २६ गतेदेखि दशैँको टिकाको […]

बागमती ‘साक्षर प्रदेश’ घोषणा, रामेछापमा ९६.४० प्रतिशत नागरीक साक्षर

बागमती प्रदेश साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । सोमबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । साक्षर प्रदेशमा बागतमी प्रदेश पहिलो रहेको छ । १५–६० उमेर समूहको साक्षर रहेको भन्दै गत २०७१ असार २ गते सिन्धुपाल्चोक जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा यही असोज ४ गते काठमाडौं जिल्ला साक्षर घोषणा भएसँगै […]