कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।आज बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसादथपलियाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको […]

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन देशभरबाट सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।विद्यालयबाट आएको मूल्याङ्कनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले […]

रामेछापका शिक्षकहरु रिले अनशनमा

नेपाल शिक्षक महासंघ रामेछापमा आवद्ध शिक्षकहरु रिले अनशन बसेका छन् । विभिन्न ३० बुँदे माग राख्दै आन्दोलन थालेको महासंघले चौथो चरणको आन्दोलन गरिरहेको छ । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज रामेछाप लगायत देशभरका शिक्षकहरु एक दिने रिले अनशन बसिरहेका हुन । नेपाल शिक्षक महासंघ रामेछापमा आबद्ध शिक्षकहरु जिल्लाको सबै स्थानिय तहहरुमा अनशन बसिरहेका […]

एसईई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको   परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो । सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको […]

गौरीशङ्कर मावि रामेछापका शिक्षकले पाए ल्यापटप

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङ्कर माध्यमिक विद्यालयका शिक्षकहरुले ल्यापटप पाएका छन । विद्यालयमा कार्यरत शिक्षकहरुलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत एक शिक्षक एक ल्यापटप प्रदान गरिएको विद्यालयका लेखापाल रमेश तामाङले जानकारी दिनुभयो । माध्यमिक विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षकहरूलाई प्रविधिमैत्री र सिकाइ सहजीकरणका लागि ल्यापटप वितरण गरिएको विद्यालयकै शिक्षक प्रकाश शाहीले बताउनुभयो । कोरोना […]

कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आईनसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाको स्वरुपबारे निर्णय गरिने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा आफूहरू रहेको जानकारी दिँदै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने […]

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदै

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर सुरु हुँदै छ ।विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको हो । कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणमा […]

यस वर्षको एसईईको नतिजा साउन १५ भित्र प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को परीक्षाको नतिजा साउन १५ भित्र प्रकाशित गर्ने जनाएको छ । सामाजिक संजाल फेस्बुक मार्फत यस्तो जनाकारी दिएको छ । बोर्डले कार्यविधि आइतबार पारित गरेको छ । सोको निर्णय आज सोमबार सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गत वैशाख १३ […]

शैक्षिक सत्र सञ्चालनमा विद्यालयमा अन्यौलता

सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएपनि विद्यालयहरु भने अन्यौलमा छन् । शैक्षिक सत्र २०७७ सालको नतिजा प्रकाशन गर्न नसकेका विद्यालयमा नयाँ शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने अन्यौलता देखिएको छ । जेठ ३० गते नतिजा प्रकाशन गरी असार १ गतेबाट भर्ना अभियान सुरु गरेपनि पढाई भने सुरु गरिहाल्ने अवस्था नभएको […]

रामेछापको सुनापति गाउँपालिकाका विद्यालय आजदेखि बन्द

रामेछापको सुनापति गाउँपालिकाले आजदेखी पालिकामा रहेका सबै विद्यालय अनिश्चिकालको लागि बन्द गरेको छ । नेपाल सहित विश्वभर कोरोनाको संक्रमण तिव्र रुपले बढी रहेको भन्दै गाउँपालिकाले विद्यार्थीहरुमा कोरोना संक्रमण नहोस भन्नका लागी सबै विद्यालय बन्द गरेको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनापति गाउँपालिकामा रहेका १२ वटा मावि सहित ३३ वटा विद्यालय अर्को […]