मन्थली माविको नवनिर्मित विद्यालय भवन मुख्य मन्त्री जम्कट्टेलद्धारा उद्धघाटन

मन्थली माविको नवनिर्मित विद्यालय भवन मुख्य मन्त्री जम्कट्टेलद्धारा उद्धघाटन

रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको आज उद्धघाटन गरिएको छ । बाग्मती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले भवन उद्धघाटन गर्नुभएको हो ।

एसियाली विकास बैँकको आर्थिक सहयोगमा निर्माण भएको ३६ कोठे भवनको उद्धघाटन गर्दै मुख्य मन्त्री जम्कट्टेले बाग्मती प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधारका लागी धेरै कामहरु गरेको बताउनुभयो ।

शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भैरहेको पनि उहाँले बताउनुभयो । खानि निर्माण सेवा प्रालीले १५ करोड ८६ लाख ४७ हजार ५ सय ५३ रुपैया लागतमा उक्त भवन निर्माण गरेकोे हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार