गौरीशङकर माविले मनायो ५९ औँ वार्षिकोत्सव

गौरीशङकर माविले मनायो ५९ औँ वार्षिकोत्सव

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी सोमबार ५९ औँ वार्षिकोत्सव मनाएको छ ।

प्रतिनिधी सभाका सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)को प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापना समितीका अध्यक्ष कमल विक्रम कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै सांसद कान्छारामले हरेक सामुदायिक विद्यालयको अवस्था खस्कदैँ गएको भन्दै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले शैक्षिक गुणस्तर सुधार गर्न आफु लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । सक्षम र सिपयुक्त दक्ष जनशक्त उत्पादन गर्न अब सबै तहको सरकार लाग्नुपर्ने उहाँको भनाई छ ।

रामेछाप नगरपालिकाका प्रमख लबश्री न्यौपानेले आफु अध्यन गरेको विद्यालयको विशिष अतिथी भएर बोल्न पाउँदा खुशी लागेको बताउनुभयो । ५९ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नगरपालिकाले नगरका सबै विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने अभियानमा लागेको बताउनुभयो ।

शैक्षिक गुणस्तर सुधारको यो अभियानमा सबैलाई साथ दिन उहाँले आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक निर बहादुर कार्कीले विद्यालयको ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा विद्यायको आयव्यय विवरण, शैक्षिक सुधारका लागी विद्यालयद्धारा चालिएका कदमहरु र भावि योजना प्रस्तुत गर्नभयो ।

५९ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयलाई योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । उक्त कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी,विभिन्न कार्यलयका प्रमुख एवम प्रतिनिधी ,शिक्षक,विद्यार्थी अभिभावक लगायतको उपस्थिती रहेको थियो । विद्यालयमा अंग्रेजी नेपाली दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार