रामेछापका अधिकांश सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क असुल्दै

रामेछापका अधिकांश सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क असुल्दै

सरकारले माध्यमिक शिक्षा निशुल्क हुने व्यवस्था गरे पनि रामेछापका अधिकांश सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क असुलिरहेका छन् । शिक्षा ऐन २०२८ को दफा १६ मा सामुदायिक विद्यालयले कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने उल्लेख गरिएको छ । तर, रामेछापका धेरै विद्यालयहरुले विभिन्न बहानामा शुल्क असुल्दै आएको अभिावकहरले गुनासो गरेका छन ।

विद्यालयले ९ र १० कक्षामा अरु कक्षामाभन्दा बढी शुल्क लिने गरेका छन् । धेरै शुल्क तिर्नुपर्दा विपन्न वर्गका बालबालिकाले विद्यालय नै छोड्नुपर्ने अवस्था छ । विद्यालयले तोकेको शुल्क तिर्न ढिलो गरे परीक्षा दिन नदिने, नतिजा प्रकाशन नगर्ने, परीक्षामा फेल पारिदिने गरेको विद्यार्थीको गुनासो छ । तर, विद्यालय तहको शिक्षाको जिम्मा पाएका स्थानीय तहले भने यसबारे आफुहरूलाई जानकारी नभएको भन्दै पन्छिरेहका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार