गौरीशंकर माविले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकको गुनासो

संविधानमै विद्यालय तहको शिक्षा निः शुल्क हुने उल्लेख गरिएको छ । तर पनि रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकहरुले गुनासो गरेका छन । रामेछाप नगरपालिका ७ का निरु थापाले छोरालाई कक्षा ९ मा भर्ना गर्नुभयो । अँग्रेजी माध्यममा पढाउन छोरालाई भर्ना गर्दा उहाँले एक वर्षको शुल्क […]

नेपालमै पहिलो पटक हायु भाषा पढाउँदै महाकाली आधारभूत विद्यालय

नेपालकै लोपन्मुख जाति हायुको भाषा लोप हुने अवस्थामा छ । केहि बुढापाका बाहेकका अरु कसैले हायु भाषा बोल्न जान्दैनन् । हायु भाषा बोल्न र लेख्न जान्नुभएका महाकाली आधारभूत विद्यालयका शिक्षक रमेश हायुले विद्यालयका विद्यार्थीहरुलाई हायु भाषा पढाउन थाल्नुभएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयमा अहिले शिक्षक रमेश […]

शैक्षिक सुधारका लागी रामेछाप नगरपालिकालाई नेपाल शिक्षक महासंघको १६ बुँदे माग

नेपाल शिक्षक महासंघ रामेछाप नगर कार्यसमितिले शैक्षिक सुधारका लागी रामेछाप नगरपालिकालाई विभिन्न सुझावहरु दिएको छ । १६ बुँदे सुझाव सहितको माग पत्र नेपाल शिक्षक महासंघ रामेछाप नगर कार्यसमितिले रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीलाई हस्तान्तरण गरिएको छ । उक्त सुझाव नगरपालिकाको नीति कार्यक्रम र वार्षिक बजेटमा समेट्न पनि आग्रह गरिएको छ । माग पत्रमा स्वयम […]

रामेछाप सैपुका विद्यालय आइतबार पनि खुल्ने, मर्जको प्रक्रिया अगाडि बढाउने निर्णय

रामेछापको लिखु तामाकोसी गाउँपालिका-२ सैपुका सामुदायिक विद्यालय आइतबार खुल्ने भएका छन्। शुक्रबार वडा अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा बसेको बैठकले आइतबार सामुदायिक विद्यालयमा सार्वजनिक बिदा नदिने निर्णय गरेको हो। बैठकले प्रत्येक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहको विवरण संकलन गरी विद्यालय मर्ज गर्ने वा घटाउने प्रक्रिया गाउँ शिक्षा समिति र वडा शिक्षा समिति गठनपश्चात कानुनअनुसार प्रक्रिया अगाडि बढाउने […]

अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको विद्यालय कर्मचारी,सहयोगी र बालविकास सहजकर्ताको गुनासो

रामेछाप नगरपालिकामा कार्यरत विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताले नगरका जनप्रतिनिधीलाई माग पत्र बुझाएका छन । उनिहरुले माग पत्रमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालय कर्मचारी अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको भन्दै आफुरुको माग सम्बोधन गरिदिन नवनिर्वाचित जनप्रतिनिधीलाई आग्रह गरेका छन । उनिहरुले उचित पारिश्रमिक दिन नसकेमा कार्यपालिकाको बैठक बसेर विद्यालय कर्मचारी र […]

असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने

सरकारले असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने योजना अनुसार काम गरिरहेको बताएको छ । अहिले उत्तर पुस्तिका परिक्षणको काम भइरहेको र योजना अनुसार असार मसान्तसम्ममा परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले पूर्वनिर्धारित योजना अनुसार नै काम भइरहेको बताउनुभयो । गत बैशाख ९ देखि २० गतेसम्म […]

रामेछापबाट २१ सय २७ जना परिक्षार्थी कक्षा १२ को परिक्षामा सहभागी हुँदै

रामेछापमा भोलीदेखि सुरु हुन लागेको कक्षा १२ को परीक्षामा २१ सय २७ जना परिक्षार्थी सहभागी हुने भएका छन । जिल्ला शिक्षा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईका अनुसार कक्षा १२ को परिक्षाका लागि जिल्लामा आवश्यक सम्पुर्ण तयारी पुरा भएको छ । जिल्लामा १३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  

निशुल्क शिक्षाको व्यवस्था गर्ने उम्मेदवारलाई मतदान गर्ने युवा मतदाताको चाहना

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रामेछापमा उम्मेदवारहरू मत माग्दै घरघरमा पुगिरहेका छन् । राजनीतिक दलनिकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकाङ्क्षी योजना अघि सारिररहेका छन् । रामेछापका युवा मतदाता भने निशुल्क शिक्षाको प्रतिवद्धता खोजिरहेका छन् । पहिलो पटक मतदान गर्न लागेका युवाहरू भने उत्साहित छन् । शिक्षा र रोजगारीमा केही सहुलियत पनि खोजिरहेका […]

यो वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नचलाइने

यो वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नचलाइने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जाल र वेवसाइट, रेडियो टेलिभिजनमार्फत मतदातालाई सुसूचित गराउने काम भइरहेको उल्लेख गर्दै दुर्गम क्षेत्रमा मतदान हुनुअघिका दुई दिन मतदातालाई भोट हाल्ने तरिका बारेमा जानकारी गराइने बताउनुभयो ।

भोलिदेखी सुरु हुने एसईई परीक्षामा रामेछापबाट ३३ सय ८९ परीक्षार्थी सहभागी हुँदै

भोलिदेखी सुरु हुने एसईई परीक्षामा रामेछापबाट ३३ सय ८९ जना परीक्षार्थी सहभागी हुने भएका छन । जिल्लामा ३३ सय ४७ जना नियमित र ४२ जना ग्रेडवृद्धि तर्फका परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुने शिक्षा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले जानकारी दिनुभयो । जिल्लामा एसईई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । जिल्लामा २१ […]