कक्षा १२ को परिक्षा आज देखि सुरू

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आज देखि सुरू गर्न लागेको छ ।कोरोना भाइरस महामारीका कारण यसअगाडि पटकपटक स्थगित भएको परिक्षा आजबाट सुरु हुन लागेको हो ।अधिकांश विद्यार्थीहरूले कोरोना विरूद्ध खोप लगाएपछि परीक्षा हुन लागेको हो । प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो ।परीक्षा असोज ८ गते सकिनेछ।यसपालि कक्षा १२ को […]

माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा कालिकादेवी माविका छात्र प्रथम

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा रामेछाप नगरपालिकामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी दिवस मनाइएको छ । बालबालिकालाई कोरोनाले पारेको प्रभाव शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सन्चालन गरिएको थियो । नगरपालिकाका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएको प्रतियोगितामा कालिकादेवी मावि देउरालीका छात्र आयुष रोका प्रथम हुन सफल भएका छन । उनले प्रतियोगितामा प्रथम हुँदै […]

५७ औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ५७ औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सामान्य अवस्था वा कोभिड महामारी ःबालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित यस वर्षको बाल दिवस मनाउन लागिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बालअधिकार परिषद्ले सडक बालबालिकामुक्त राष्ट्र अभियान, हिंसा, दुव्र्यवहार, हराउनेलगायतका जोखिमबाट बालबालिकालाई संरक्षण गर्न देशभर १८ वटा […]

कोरोना सङ्क्रमण घट्दै जाँदा रामेछापमा विद्यालयहरु खुल्ने क्रम बढ्यो

रामेछापमा कोरोना सङ्क्रमण घट्दै जाँदा विद्यालयहरु खुल्ने क्रम बढेको छ । जिल्लाको ८ वटै स्थानिय तहहरुमा अहिले भौतिक रुपमा पठनपाठन सन्चालन भईरहेको छ । स्थानीय सरकारले कोरोना सङ्क्रमणको अबस्था हेरेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै धमाधम विद्यालय खोल्न थालेका हुन् । झण्डै ६ महिना देखि घरमै रहेका बालबालिका पनि विद्यालय जान पाएर खुशी छन् । […]

यहि भदौ २५ गतेदेखि रामेछाप नगरपालिकाका सबै विद्यालय खुल्ने

रामेछापको रामेछाप नगरपालिकाले यहि भदौ २५ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका रामेछाप नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका हुन । २०७७ चैत्र ११ गते लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको भएपनि दोस्रो चरणको […]

यहि भदौ २५ गतेदेखि मन्थली नगरपालिकाका सबै विद्यालय खुल्ने

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले यहि भदौ २५ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका मन्थली नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका हुन । २०७७ चैत्र ११ गते लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको […]

रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने तयारी

रामेछाप जिल्लामा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालयले बिद्यालय संचालन गर्नको लागि सम्बन्धित स्थानिय तहले डिसिसिएमसिलाई सिफारिस गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गौलचन शैजूले जानकारी दिनुभयो । आफनो स्थानिय तहको कोभिडको अवस्था र बिद्यालय बन्दले पारेको असर सहित बिद्यालय खोल्न पाउनु पर्ने माग सहित सिफारिस गरेमा बिद्यालय खोल्न […]

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट,उपस्थित नहुनेले अर्को मौका नपाउने

कक्षा १२ को परीक्षा आउँदो ३० गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको हिजो बसेको बैठकले भदौ ३० देखि असोज ८ गतेसम्म भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले तालिका सार्वजनिक गर्दै आउँदो ३० गतेदेखि कक्षा १२ को साधारण, प्राविधिक विषयसँगै ग्रेडवृद्धि एवंम् आशिंक परीक्षा लिने जनाएको हो । परीक्षा […]

कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।आज बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसादथपलियाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको […]

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन देशभरबाट सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।विद्यालयबाट आएको मूल्याङ्कनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले […]