महिला शिक्षकहरुलाई कानून तथा मनोसामाजिक परामर्श क्षमता विकास कार्यक्रम

महिला शिक्षकहरुलाई कानून तथा मनोसामाजिक परामर्श क्षमता विकास कार्यक्रम

रामेछापको रामेछाप नगरपालिकाले नगरका सबै विद्यालयमा अध्यापन गराउने महिला शिक्षकहरुलाई कानून तथा मनोसामाजिक परामर्श क्षमता विकास सम्बन्धी १ दिने तालिम दिएको छ ।

स्थानिय तहका विभिन्न कानून तथा मनोसामाजिक परामर्श सम्बन्धि विभिन्न कुराहरुको बारेमा महिला शिक्षकहरुलाई तालिम दिएको रामेछाप नगरपालिकाका कानूनी सल्लाहका लोकहरी दाहालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले महिला शिक्षकहरुलाई कानून तथा मनोसामाजिक परामर्श दिँदा उहाँहरुको क्षमता विकास हुने र सो कुरा उहाँहरुले आफ्नो परिवार र विद्यालयमा जानकारी गराउने भएको कारणले पनि यस्तो प्रकारको कार्यक्रम गरिएको बताउनुभयो ।

महिला शिक्षकहरुलाई कानून तथा मनोसामाजिक परामर्श सम्बन्धि विभिन्न कुराहरुको बारेमा प्रशिक्षकहरु पाण्डव प्रसाई र भरत कुमार श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार