आजदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द

आजदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द

सरकारले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द गर्ने निष्कर्षमा पुगेको सरकारले आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिनुभएको हो ।विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न मन्त्रालयले निर्देशन दिएको छ ।

सरकारले विज्ञप्ति मार्फत विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन भनेको छ ।

त्यस्तै विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार