एमाले रामेछापले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्द लागेका नेतालाई कारबाही गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको चौथो पूर्ण बैठकले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई हराउन लागेकाहरुलाई कारबाहीसहित विभिन्न निर्णय गरेको छ । एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठको अध्यक्षतामा र पार्टीका उप-महासचिव पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा साउन ७ र ८ गते मन्थलीमा बसेको बैठकले स्थानीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्दमा उभिएका नेता कार्यकर्ताहरुलाई कारबाही गरेको हो । […]

प्रधानमन्त्री देउवा नेतृत्व सरकारको एक वर्ष पूरा, वर्ष दिनका ४३ मुख्य कामको विवरण सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले आफ्नो वर्षदिनको कामको समीक्षा सार्वजनिक गरेको छ । देउवा नेतृत्वमा सरकार बनेको आज १ वर्ष पूरा भएको छ ।सर्वोच्च अदालतले गत वर्ष असार २८ गते संसद विघटन बदर गर्दै २४ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।त्यसको दोस्रो दिन अर्थात् २०७८ असार २९ गते राष्ट्रपति विद्यादेवी […]

गठबन्धन सरकारको जनतालाई महँगीको उपहार

गठबन्धनको सरकारले नेपाली जनतालाई राहत दिन्छौँ भन्दै सरकारमा आएको छोटो समयमै जनतालाई महँगीको उपहार दिएको छ । गठबन्धनको सरकारले विभिन्न बहानामा इन्धनको भाउ बढाएर हैरान बनाएको छ । अहिले सरकारले इन्धनको मूल्यमा नयाँ कीर्तिमान नै कायम गरेको छ । इन्धनको मूल्य वृद्दिको कारण अहिले बजारमा हरेक सामानको भाउ आकाशिएको छ । यस्तो विषम परिस्थितिमा पनि […]

रामेछाप नगरपालिका र बीमा समिति बीच छलफल

बीमा समिति र रामेछाप नगरपालिका बीच स्थानिय तहसँग बीमा समिति विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाल्दै नगर प्रमुख न्यौपानेले नगरबासीलाई आफ्नो फजुल खर्चलाई कटौती गरेर बीमा गर्न अनुरोध गर्नुभयो । उहाँले बीमा सम्बन्धी जनचेतना प्रवर्द्धनका लागि बीमा समितिसँग समन्वय गरेर नगरपालिका अगाडि […]

रामेछाप सहित ११९ पालिकाका प्रमुख,उपप्रमुख हेटौँडामा

बाग्मती प्रदेशका रामेछाप सहित एक सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख हेटौँडामा भेला भएका छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्मन्धी अभिमुखीकरण कार्यक्रममा पालिकाका प्रमुख र उपप्रमुखहरू सहभागि भएका हुन् । आज र भोलि चल्ने […]

जिसस रामेछापमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी

जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन । आज भएको निर्वाचनमा सता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका चिना खड्का काकी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर थापा विजयी हुनु भएको छ । मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार काँग्रेसले प्रमुख सहित ४ नेकपा माओवादी केन्द्रले उपप्रमुख सहित ५ […]

जिसस रामेछापको निर्वाचन जेठ २९ गते,काँग्रेस–माओवादी गठबन्धनबाट खड्का र एमालेबाट कँडेलको उम्मेद्वारी दर्ता

रामेछापमा जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर जाने सहमति भएको छ । आज बसेको कांग्रेस र माओवादीको संयुक्त बैठकले जिससको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको हो । सहमति अनुसार कांग्रेसले जिसस प्रमुखसहित चार सदस्य र माओवादीले उपप्रमुखसहित पाँच सदस्य लिएको छ । कांग्रेस र माओवादीबीच जिससको पदाधिकारी र सदस्यमा […]

रामेछाप जिल्ला समन्वय समिती गठनमा काँग्रेस माओवादी बिच तालमेल

जिल्ला समन्वय समिति रामेछापको प्रमुख, उपप्रमुख र सदस्यको लागि दलहरुहले उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट नेपाली काँग्रसले प्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् । प्रमुखमा नेपाली काँग्रेसकी चिना खड्का कार्की र उपप्रमुखमा माओवादी केन्द्रका प्रेप बहादुर (प्रेमसागर) थापाले उम्मेद्वारी दर्ता गराएका हुन् । त्यस्तै नेकपा एमालेबाट प्रमुखमा तुला प्रसाद […]

नगरपालिकालाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य : मेयर न्यौपाने

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनमा चुनौती रहिरहने बताउनुभएको छ । १५ औँ गणतन्त्र दिवसको अवसरमा रामेछाप नगरपालिकाद्धारा आयोजित प्रभातफेरी तथा प्रवचन कार्यक्रममा बोल्दै उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नागरिकको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै रामेछाप नगरपालिकालाई विकास र समृद्धिको […]

७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहको मतपरिणाम सार्वजनिक

गत बैशाख३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । यो खबर तयार पार्दासम्म ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहको मतपरिणाम आएको छ । अब काठमाडौँ महानगरपालिकासहित ४ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहले जीत सुनिश्चित गर्नुभएको छ । बालेनले अहिलेसम्म […]