नेबिसंघ रामेछापमा दुई खेमा फरक फरक कार्यक्रम

नेबिसंघ रामेछापमा दुई खेमा फरक फरक कार्यक्रम

मुलुकमा प्रजातन्त्र कमजोर बनाउन अझै ठुला चलखेल भै रहेको छ : आचार्य

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले मुलुकमा ठूलो बलिदानले प्राप्त प्रजातन्त्रलाई कमजोर बनाउनै ठुलै चलेखेल भइ रहेको बताएका छन । नेविसंघ रामेछापले ४७ औं राष्ट्रिय मेलमिलाप दिवसको अबसर पारेर काठमाडौमा शनिबार आयोजना गरिएको नेपालको राजनीति, नेबिसंघको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आचार्यले यस्तो बताएका हुन ।

प्रजातन्त्र माथी अझै खतरा छ । जताबाट पनि प्रजातन्त्रमाथी आक्रमण हुन सक्ने भएकाले प्रजातन्त्र जोगाई राख्न सजग रहेर सबैले खबरदारी गर्नु पर्ने बताए । उनले हालैको काङ्ग्रेस माओवादी गठबन्धनले समग्रमा काङ्ग्रेसलाई ठूलो घाटा भएको बताए । उनले काङ्ग्रेस निर्वाचनमा एकल लडेको भए अहिलेको भन्दा धेरै राम्रो नतिजा आउने बताए । नेतृत्व अब जिम्मेवार बनेर संगठनका लागि लाग्नु पर्ने बताए । नेतृत्वले ब्यक्ति स्वार्थ भन्दा नि संगठन बलियो बनाउने काम गर्नु पर्ने बताए । उनले पछिल्लो समय नेबिसंघको बिबादलाई गम्भीरतापुर्वक लिदै भने ” नेविसंघको अबैधानिक ढङबाट चिठि बाढ्नु खेद जनक छ! यो तत्काल रोक्नु पर्छ । ”

नेबिसंघ रामेछापका सभापती सुशील अधिकारीको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रममा नेविसंघ पुर्व केन्द्रिय कोषाध्यक्ष शिव रिमाल, नेविसंघ पुर्व केन्द्रिय सदस्य प्रेमिका रानामगर, संविधान सभा सदस्य आङटावा शेर्पा लगायतका जिल्ला स्तरका नेताहरुल समेत आ-आफ्नो धारणा राखेका थिए ।

यसैबिच मेलमिलाप दिवसकै अवसरमा रामेछाप सदरमुकाम मन्थलीमा बिनोद बुढाथोकी अध्यक्ष रहेको नेबिसंघले पनि एक कार्यक्रम गरेको छ । मन्थली कार्यक्रम उपस्थित हुनका लागि अनुरोध गर्दै काङ्ग्रेस रामेछापका उपसभापती लेख वहादुर कार्कीले सुशील अधिकारी नेतृत्वमा रहेको नेबिसंघले काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा सहभागी भए स्पस्टिकरण समेत सोधिने सामाजिक संजाल फेसबुकबाट अभिब्यक्ती समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार