फाल्गुन ७ मा नेबिसंघ रामेछापको अधिबेशन, मितिबारे केन्द्रलाई जानकारी

फाल्गुन ७ मा नेबिसंघ रामेछापको अधिबेशन, मितिबारे केन्द्रलाई जानकारी

नेपाल बिद्यार्थी संघ रामेछापले आगामी फाल्गुन ७ गते जिल्ला अधिबेश गर्ने भएको छ । जिल्लाले फाल्गुण ७ गते जिल्ला अधिबेशन गर्ने तय गरि मितिका बारेमा केन्द्रलाई समेत नेबिसंघ रामेछापको टोलीले केन्द्रिय कार्यलयमा पुगेर पत्र बुझाएको छ ।

नेबिसङ रामेछापमा यतिबेला दुई वटा कमिटी रहेका छन । एउटा सुशील अधिकारी अध्यक्ष रहेको र अर्को बिनोद बुढाथोकी अध्यक्ष रहेको समिती रहेको छ । अधिकारी अध्यक्ष रहेको समितिले जिल्ला अधिबेशन गराउने मिति र तयारी सहित केन्द्रिय समितिमा पत्र बुझाएको नेबिसंघ रामेछापका नेता उत्तम कुमार कार्कीले बताए ।

जिल्लामा नेबिसंघको नेतृत्व हुदा हुँदै पार्टी सभापती लगायत केही नेताहरुको स्वार्थमा भएको सिफारिसको आधारमा बिनोद बुढाथोकीलाई जिल्ला अध्यक्षको जिम्मेवारीको पत्र पठाइएको थियो । “जिल्लामा भएको नेतृत्वलाई थाहा नदिइ र छलफल नै नगरी अबैधानिक ढंगबाट ल्याएको चिठी म मान्दिन, यो सङठनको हित बिपरित छ, म बैधानिक ढंगले अधिबेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने तयारीमा थिए त्यो भन्दा पहिले नै अबैधानिक कदम चलेछ ” नेबिसंघ रामेछापका अध्यक्ष सुशील अधिकारीले बताए । अब छिटै बैधानिक तरीकाबाट अधिबेशन गराएर नया नेतृत्व ल्याइने छ । त्यसका तयारीमा जुटी सकेको अधिकारीले बताए ।

कार्यसमितिमा रिक्त रहेको केही पद पदपूर्ति गरि बिद्यालय, क्याम्पस, पालिका , प्रदेश क्षेत्र हुदै जिल्ला अधिवेशन गरिने छ र त्यसको तयारी थालि सकिएको नेबिसंघ रामेछापका नेता उत्तम कुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार