सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुन अनुसार कारबाहीःप्रधानमन्त्री

सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुन अनुसार कारबाहीःप्रधानमन्त्री

राजधानी लगायत देशका विभिन्न भागमा दिनहुँ कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीसीएमसीले ‘ब्रिफिङ’ गरेको छ ।

कोभिड–१९ सङ्क्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो ।

अहिलेको भयावह अवस्थामा के गर्न सकिन्छ भन्दै सरोकारवाला सबैको उपस्थितीमा त्यस्तो जानकारी गराउने र कस्तो रणनीतिमा सरकार अघि बढ्ने भनेर छलफल भएको थियो ।

सीमामा आउजाउमा कडाई, हवाई उडानमा पनि नियन्त्रण र लकडाउन नै उत्तम उपाए भएको सुझाव पनि कतिपय विज्ञले दिएका छन् । जसरी हुन्छ व्यक्तिको आउजाउ कम गराउन पर्ने सुझाव सीसीएमसीको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोरोना भाइरस सङ्क्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार